प्रतिनिधिसभाको बैठक दिउसो, बैठकमा प्रमुख विपक्षी दलका नेता दाहालको सम्बोधन

न्यूज समय

प्रनिधिसभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्ने कार्यसुची रहेको छ ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै सो संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि सभासमक्ष प्रस्तुत गर्नेछन् ।

यसैगरि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने पनि कार्यसुची रहेको छ । सोमबार प्रमुख सचेतकहरूको बैठकमा मङ्गलवारको प्रतिनिधिसभा बैठकमा दाहालले बोल्ने समयबारे छलफल भएर समय निर्धारण भएको हो ।