किन पुगे राष्ट्रपति पौडेल प्रथम महिला सविता सहित आइतबार राति सैनिक मुख्यालय ?

न्यूज समय

राष्ट्रपति रामचन्द्र पौडेल आइतवार साँझ भद्रकालीस्थित सैनिक मुख्यालय भद्रकाली पुगेका छन् । पौने ८ बजे शीतल निवासबाट निस्केका पौडेल राष्ट्रपति ८ बजेको हाराहारीमा आर्मी अफिसर्स क्लब पुगेको बताइएको छ ।

उनी प्रधानसेनापति अशोकराज सिग्देलको छोराको विवाह भोजमा सहभागी हुन भद्रकाली पुगेका हुन् ।

राष्ट्रपति नेपाली सेनाको परमाधिपति समेत हुने संवैधानिक व्यवस्था छ ।