नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले नेतृत्वको सरकारले गरिरहेको जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको बताएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारणसभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै उनले माओवादी केन्द्र जनताबीच पुगेर प्रतिक्रियावादी र अराजक तत्त्वहरूविरुद्ध संघर्ष गर्ने तयारीमा रहेको बताए ।
उनले हुलाकी राजमार्ग केन्द्रित माओवादी तराई–मधेश जागरण अभियानले जनतामा माओवादीप्रतिको विश्वास बढाएको बताए । सरकारमा रहेर जनताको पक्षमा काम गर्दा र भ्रष्टाचारविरुद्ध कदम चाल्दा आफू नेतृत्वको सरकारलाई असंवैधानिक ढंगले अपदस्थ गरिएको उनको तर्क थियो ।
पार्टीले केही दिन अभियान रोक्दा अन्य पार्टीका नेताहरू तथा बुद्धिजीवी र कर्मचारीहरूले समेत अभियान पुनः सुरु गर्न आग्रह गरेको दाहाले बताए । अहिले एमाले नेतृत्वको सरकारले गरिरहेको जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको उनको भनाइ छ । माओवादी केन्द्र जनताबीच पुगेर प्रतिक्रियावादी र अराजक तत्त्वहरूविरुद्ध संघर्ष गर्ने तयारीमा रहेको उनले बताए ।
न्यूज समय
२५ फाल्गुन, २०८१, आईतबार ००:००