उपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकमा राजनीतिक स्थायित्व र मुलुकको विकासका लागि कांग्रेस–एमालेको सरकार गठन भएको बताएका छन्। भोजपुर नगरपालिका वडा नं ४ दाँवामा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयको ७७औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उनले मुलुकको विकास निर्माण र स्थायित्वका लागि वर्तमान सरकार क्रियाशील रहेको बताए।
विकास निर्माणका गतिविधि निरन्तर अगाडि बढाउन वर्तमान सरकार क्रियाशील रहेको बताउँदै उपप्रधानमन्त्री सिंहले आगामी वर्षको बजेट सबै वर्ग र क्षेत्रलाई समेटेर बनाउन अर्थमन्त्रीलाई अनुरोध गर्ने बताए। भोजपुरको शैक्षिक उन्नयनमा उक्त विद्यालयले निर्वाह गरेको बताउँदै भूमिकाको सराहना गर्दै उनले उपलव्ध स्रोतसाधनको उचित प्रयोग गर्न शिक्षक कर्मचारीलाई आग्रह गरे।
त्यस अवसरमा नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठ, कोशी प्रदेशसभा सदस्य विनोद बान्तवा, पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइराला, जनप्रतिनिधि तथा स्थानीय गन्यमान्य व्यक्ति, अभिभावक, पूर्वविद्यार्थीलगायत सहभागी थिए।
न्यूज समय
२५ फाल्गुन, २०८१, आईतबार ००:००