काठमाडौँ । भारतीय प्रहरी महानिर्देशक रामचन्द्र रावकी छोरी एवं कन्नड अभिनेत्री रान्या राव सुन तस्करी अभियोगमा दुबईबाट पक्राउ परेकी छन्। नले शरीरमा बेल्ट बाँधेर राखिएको बेल्टमा लुकाइएको सुन फेला पारेका थिए।
उनलाई विशेष अदालतमा पेश गरिएको र अदालतले अनुसन्धानका लागि १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई २ दिन अघि केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व गुप्तचर निर्देशनालय (डीआरआई) ले दुबईबाट १२ करोड रुपैयाँभन्दा बढी मूल्यको १४ दशलमव ८ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ गरेको हो।
पक्राउ परेपछि रान्याले आफूलाई ब्ल्याकमेल गरिएको र सुन तस्करी गर्न बाध्य पारिएको दाबी गरेकी छन्। उनले चार महिनाअघिमात्र एक डिजाइनरसँग विवाह गरेकी थिइन्।
न्यूज समय
२१ फाल्गुन, २०८१, बुधबार ००:००