विराटनगर । विराट गोल्डकप फुटबलको नवौं संस्करण आजदेखि सुरु हुँदैछ । विराटनगरको साथ फुटवलको विकास भन्ने मूल नारासहित आजबाट सुरू हुन लागेको विराट गोल्डकपको उद्घाटन खेलमा घेरेलु टोली रिजालको फुटबल एकेडेमी मोरङ र पाहुना टोली भारत कोलकाता र रिजालको टिम प्रतिष्पर्धामा उत्रदैछन् ।
विराट गोल्डकपको सुरूआत विक्रम सम्वत् २०१८ सालमै भएको थियो । तत्कालीन राजा महेन्द्रकै नाममा श्री ५ महेन्द्र गोल्डकपका नाममा सुरू भएको प्रतियोगिता लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा विराट गोल्डकपमा रूपान्तरण भएको हो ।
विजेता टोलीले नगद ११ लाखसहित पदक र ट्रफी प्राप्त गर्नेछन् । उपविजेताले ५ लाख पाउने छन् । उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई नगद १५ हजार, सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र सर्वोकृष्ट खेलाडीलाई नगद ५१ हजार रूपैयाँ पुरस्कार दिइने जनाइएको छ ।
गोल्डकपको नवौं संस्करणमा भारतका दुई वटासहित जम्मा १० टोलीले खेल्ने छन् ।
न्यूज समय
१९ फाल्गुन, २०८१, सोमबार ००:००