काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा तनाव भएको २४ घण्टा नबित्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की लन्डन पुगेका छन् । ट्रम्पसँगको विवादपछि जेलेन्स्की युरोप पुगेका हुन् । लन्डन पुगेका जेलेन्स्कीलाई बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले गला मिलाएर न्यानो स्वागत गरेका गरे । जेलेन्स्कीले युरोपेली देशहरूको एक सम्मेलनमा भाग लिने बताइएको छ । जेलेन्स्कीलाई नारा लगाएर पनि स्वागत गरिएको थियो ।
स्टेइमर र जेलेन्स्कीबीच डाउनिङ स्ट्रिटमा भएको भेटमा बेलायतले युक्रेनलाई २.८ अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने विषयमा हस्ताक्षर भएको हो। जेलेन्स्कीले यसमा कृतज्ञता व्यक्त गर्दै यो रकम हतियार खरिदमा खर्च गर्ने बताए। जेलेन्सकीले बेलायतमा नै राजा र्चाल्ससँग पनि भेट गर्ने कार्यक्रम बनाएका छन्।शुक्रबार वाशिङ्टनमा भएको घटनापछि स्टेइमरले युक्रेनको स्वतन्त्रता जोगाउँदै शान्ति स्थापना गर्ने प्रयासमा आफू प्रतिबद्ध रहेको बताएका थिए।
लन्डनमा हुने युरोपेली देशहरूको समिटमा फ्रान्स, जर्मनी, डेनमार्क, इटालीसमेत १३ देश सहभागी हुनेछन् । जसमा नेटोका महासचिव तथा युरोपेली संघ र युरोपेली काउन्सिलका प्रेसिडेन्ट पनि सहभागी हुनेछन् । यद्यपि, युक्रेनको विषयमा युरोपियन युनियनमा पनि एकमत भने देखिएको छैन । जस्तो कि हंगेरीका प्रधानमन्त्री ओर्बन भिक्टरले अमेरिकी राष्ट्रपति ट्रम्पको समर्थन गरेका छन् । उनले शक्तिशाली व्यक्तिले शान्ति र कमजोर व्यक्तिले युद्ध चाहेको टिप्पणी गरेका छन् । त्यस्तै स्लोभाकिया पनि यही पक्षमा देखिएको छ ।
न्यूज समय
१८ फाल्गुन, २०८१, आईतबार ००:००