काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यमा हेरफेर गरेको छ । निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।
निगमका अनुसार, डिजेल र मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाइएको छ ।
निगम सञ्चालक समितिको निर्णयले आज मध्यरातिदेखि लागु हुनेगरी मूल्य घटाएको हो । पेट्रोलको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
न्यूज समय
१७ फाल्गुन, २०८१, शनिबार ००:००