सत्तारुढ दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक साँझ ५ बजे

न्यूज समय


काठमाडौँ । सरकारमा रहेका दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएका हुन् ।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार अनुसार बैठकमा पछिल्ला समसायिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुनेछ। सरकारले ल्याएका अध्यादेश संसद्‌बाट स्वीकृतिका लागि पटक–पटक मिति तोकिए पनि एकपटक कार्यसूचीमा राखेर फिर्ता गर्नेबाहेक अरु कुनै प्रगति भएको छैन।

सरकारलाई समर्थन गरेको दल जसपा नेपाल नै अध्यादेशको विपक्षमा देखिएपछि सरकार तीन वटा विकल्प अगाडि सार्ने तयारीमा छ। अध्यादेश नै पारित नहुने अवस्था आएपछि सरकारले विकल्प खोज्न थालेको छ।