त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ७४५ ग्राम सुनसहित उज्बेकिस्तानको नागरिक पक्राउ

न्यूज समय

काठमाडौँ । बुधवार राति फ्लाइ दुबईबाट नेपाल आएका ३ जना उज्बेकिस्तानको नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ७४५ ग्राम सुनसहित परेका छन् । पक्राउ पर्नेमा तीनै जना महिला हुन् । उनीहरु ४ जनाको टोली आएका थिए ।

ती मध्ये तीन जना महिलाको साथबाट साढे ३ किलो बढी सुन बरामद गरिएको छ । ४ जनामध्ये एक जना पुरूष हुन् । उनको साथबाट भने सुन बरामद नभएता पनि उनीहरू एउटै समूहका हुन् । तीन महिलाले मलद्वारमा डल्लो बनाएर ल्याएको प्रवक्ता सुवेदीले बताए ।

उनीहरूको गतिविधि शंकास्पद रहेकाले विमानस्थलमा खटिएको प्रहरीले एक्सरेमा चेक जाँच गर्दा शंकास्पद देखिएपछि केएमसी लगेर भिडियो एक्सरे गरेर हेर्दा सुन देखिएको प्रहरीको भनाई छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।