काठमाडौँ । भारतले छिमेकी देश पाकिस्तानमाथि कडा टिप्पणी गरेको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औँ सत्रको बैठकमा भारतले पाकिस्तानमाथि कडा टिप्पणी गर्दै एक असफल राष्ट्र भनेको छ । बैठकमा भारतीय कूटनीतिज्ञ क्षीतिज त्यागीले पाकिस्तान अन्तर्राष्ट्रिय सहयोगको भरमा टिकेको टिप्पणीभन्दै पाकिस्तानी नेतृत्वमाथि सेनाले अघि बढाउने अफवाहलाई फैलाउने गरेको आरोप पनि लगाए ।
पाकिस्तानी कानुनमन्त्री आजम नजिर तरारले भारतमाथि आरोप लगाउँदै निशाना साँधेपछि त्यागीले त्यसको जवाफमा यस्तो टिप्पणी गरेको बीबीसीले जनाएको छ । तरारले भारतले जम्मु–कश्मीरमा मानवअधिकारको उल्लंघन गरेको आरोप लगाएका थिए ।
सो को जवाफमा त्यागीले पाकिस्तानले भारत तथा कश्मीरमाथि लगातार झुठ फैलाउन दुःखद भएको बताए । उनले पाकिस्तानले ओआईसीलाई आफ्नो मुखपत्रको रूपमा प्रयोग गर्दै यसको दुरुपयोग गरिरहेको पनि आरोव लगाए । त्यागीले केन्द्र शासित जम्मु–कश्मीर तथा लद्दाख भारतका अभिन्न अंग भएको र रहिरहने पनि स्पष्ट पारे ।
न्यूज समय
१५ फाल्गुन, २०८१, बिहीबार ००:००