प्रकृति लम्सालको परिवारलाई प्रधानमन्त्रीको टेलिफोन : सम्हालिनुस, सरकारले न्यायका लागि पहल गर्छ

न्यूज समय


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा मृत्यु भएकी भैरहवाकी प्रकृति लम्सालको परिवारलाई टेलिफोन गरेर उनको न्यायका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रकृतिका बुवा सुनिल लम्सालसँग कुराकानिमा गर्दै घटनामा निष्पक्ष छानबिनको पहल भइरहेको बताउदै प्रधानमन्त्रीले सम्हालिन आग्रह गरे ।

प्रकृतिका बुवा सुनिलले पनि आगामी दिनमा यस्ता घटना नहोस् भनेर राज्यले पहल गरिदिनुपर्ने बताउदै आगामी दिनमा यस्तो घटना नहुनका लागि दोषीलाई कडा कारबाहीका लागि सरकारबाट पहल हुनुपर्ने बताएका थिए ।

त्यसपछि प्रधानमन्त्री ओलीले घटनालाई चासोपूर्वक हेरिरहेको बताए । प्रधानमन्त्री ओलीले त्यस घटनाबारे निष्पक्ष छानबिनसहित र दोषीलाई कारबाही हुने विश्वास व्यक्त गरे ।