नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आमनिर्वाचनपछि महाधिवेशन गर्ने कुरा स्वीकार्य नहुने बताएका छन् ।
विहीबार पार्टीको कार्यक्रममा सहभागीहुन सुर्खेत पुगेका कोईरालाले पत्रकारहरु संग संक्षिप्त कुरा गर्दै नेपाली कांग्रेसको विधानमा भएको व्यवस्था बमोजिम पार्टीको १५ औं महाधिवेशन समयमै हुनु पर्ने बताए ।
आफु पनि सभापतिको उमेदवार रहेको बताउँदै कोईरालाले अहिले पार्टी भित्र गुट उपगुट भन्दा पनि पार्टी बलियो र एकताका साथ अघि बढीरहेको बताए ।
देश सुशासन सहित अगाडी बढ्न र कमजोर आर्थिक अवस्थाबाट मुलुकलाई अगाडी बढाउन हामीहरु बेल्ट कसेरै अगाडी बढ्नु पर्ने कोईरालाको तर्क थियो ।
न्यूज समय
८ फाल्गुन, २०८१, बिहीबार ००:००