काठमाडौं । एकीकृत समाजवादी निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपाल को अध्यक्षमा सम्भु श्रेष्ठ चयन भएका छन्।
आइतबार काठमाडौँमा भएको दोस्रो राष्ट्रिय भेलाले रिक्त रहेको अध्यक्ष पदमा पुराना पत्रकार श्रेष्ठलाई चयन गरेको हो त्यस्तैगरी संगठनको महासचिवमा रोहित दाहाल र कोषाध्यक्षमा भरतराज पोखरेललाई चयन भएका छन् ।
यसअघिका अध्यक्ष विश्वमणि सुवेदी सहितका केही नेताहरूले संगठन छाडेपछि समाजवादी प्रेस संगठनले आइतबार दोस्रो राष्ट्रिय भेला आह्वान गरेर नयाँ नेतृत्व चयन गरेको हो।
श्रेष्ठ एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको संस्थापक समेत हुन् २०५५ सालमा उनकै नेतृत्वमा एमाले निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपाल निर्माण भएको थियो।
न्यूज समय
५ फाल्गुन, २०८१, सोमबार ००:००