सुन २७ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६७ हजार ५०० मा कारोबार

न्यूज समय


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज २७ सय रुपैयाँले घटेर कारोबार भएको छ । आज सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।