पोखरा । पोखरा भ्रमण बर्ष २०२५ घोषणा गर्ने कार्यक्रममा हाइड्रोजन बेलुन पड्किएर उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् ।
पोखरा प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण बर्ष घोषणाको क्रममा बेलुन उडाने क्रममा दीप प्रज्वलन गरिएको पानस नजिकै भएपछि हाइड्रोजन भरिएको बेलुन पड्किएको हो । उपचारका लागि उनीहरूलाई पोखराको गैरापाटनमा रहेको फिस्टेल हस्पिटलमा लगिएको छ । पोखरा भ्रमण बर्षको कार्यक्रम भने चलिरहेको छ । उनीहरूको अवस्था थाहा हुन सकेको छैन।
स्रोतका अनुसार इलेक्ट्रिक स्विच थिचेर बेलुन उडाउने क्रममा फुटेको र आगोको लप्काले लागेर मेयर आचार्य र अर्थमन्त्री पौडेलको गाला जलेको स्रोतले जनाएको छ । उनीहरु दुवैलाई उपचारका लागि अस्पताल लगिएको छ । पर्यटनमन्त्री बद्री पाण्डे र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा अहिले उद्घाटन कार्यक्रम भइरहेको छ ।
न्यूज समय
३ फाल्गुन, २०८१, शनिबार ००:००