काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले भौतिक कुरा भन्दा अभौतिक कुरा महत्वपूर्ण हुने बताएका छन् ।
बुधवार राष्ट्रपति भवनामा आयोजित नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८० लाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपालीहरूको मनमा म नेपालमा नै बसेर केहि गर्छौ भन्ने अभौतिक भावनाको विकास गर्न सके भौतिक कुराहरू निर्माण गर्न सकिने बताए ।
उनले भने –‘भौतिक कुरा भन्दा भावना र अभौतिक कुरा महत्वपूर्ण हो । हामीले नेपाली युवाहरूमा नेपालमा नै केहि गर्छु भन्ने भावनाको विकास गर्ने हो भने बाटो विजुली सिंचाई सबैको विकास गर्न सकिन्छ ।’
मन्त्री पाण्डेले अभौतिक कुरा र भावनाको विकास गराउन गीत संगीत र कला महत्पूर्ण माध्याम हुने बताए । उनले नेपाली भाषा, साहित्य, कला र संस्कृतिमा मात्र नभएर भूगोलमा पनि विविधता नेपालको भौतिक विकास र समृद्धिको महत्वपूर्ण आधार भएको बताए ।
उनले सरकारले नातिकाजी जस्ता कालजायी स्रष्टाको सम्मान गर्न गरि सरकारले के गर्न सक्छ भन्ने विषयमा पनि छलफल गर्ने बताए । उनले नातिकाजी शब्द संगीत र स्वर सबैको कालजायी त्रिवेणी भएको बताए ।
नातिकाजीका गीत संगीतमा राष्ट्रभक्ती देश प्रेम ओतप्रोत भएको भन्दै अहिले पनि नेपालीलाई नेपालमा नै बसौ बसौ गाँउमा नै बसौ बसौ बनाउने भावना गीत संगीत मार्फत गराउनुपर्ने मन्त्री पाण्डेको धारणा थिायो ।
न्यूज समय
३० माघ, २०८१, बुधबार ००:००