काठमाडौँ । भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांकमा गतवर्ष भन्दा नेपालले थोरै सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक २०२४ मा नेपाल यो वर्ष गत वर्षभन्दा एक स्थान तल झरेर व्याप्त भ्रष्टाचार हुने मुलुकको सूचीमा रहेको नेपाल १०० मा ३४ अंक पाएर १०७औं स्थानमा परेको हो ।
गत वर्ष नेपाल ३५ अंक पाएर १०८औं स्थानमा थियो । विश्वभर एकैपटक सार्वजनिक गरिएको प्रतिवेदनमा दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ ।
भुटान ७२ अंकका साथ रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान छ। ट्रान्सपरेन्सी नेपालले विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा परेको छ ।
डेनमार्क ७ वर्षदेखि लगातार ९० अंक प्राप्त गरि विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक रूपमा रहेको छ । भने साउथ सुडान ८अंकसहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ ।
न्यूज समय
२९ माघ, २०८१, मंगलबार ००:००