नेपाल समाजवादी पार्टीमा मानुषी र दुर्गा उपाध्यक्षमा निर्विरोध, अध्यक्षमा बाबुरामसँग नेत्रप्रसाद चापागाई भिड्दै

न्यूज समय

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षका लागि डा बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँले उम्मेदवारी दर्ता गराएका छन् । चापागाईं पार्टीका संस्थापक सदस्य हुन् । उनी अन्नपूर्ण गाउँपालिका–६ कास्कीका हुन् ।

आइतबारबाट सुरु भएको पार्टीको महाधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान हुने छ । तीन बजेबाट हुने मतदानले ९९ जनाको कार्यसमिति चयन गर्नेछ । त्यस्तै नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को उपाध्यक्ष पदमा दुर्गा सोव र मानुषी यमी भट्टराई निर्विरोध निर्वाचित भएका छन् । समावेशीतर्फ भट्टराई महिला र सोव दलित क्लस्टरबाट निर्वाचित भएका हुन् ।

यद्यपी उनीहरु निर्वाचित भएको औपचारिक घोषणा भने हुन बाँकी छ । ११ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यमध्ये ९० जनाको लागि आज निर्वाचन हुँदैछ ।