प्रतिनिधि सभाको बैठक बस्दै, आज पनि परेर कार्यसूचीमा अध्यादेश

न्यूज समय

काठमाडौँ । प्रतिनिधि बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो एक बजेदेखि सुरू हुनेछ। आजको बैठकका कार्यसूचीमा पनि अध्यादेश पेस गर्ने भन्ने समावेश गरिएको छैन।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा उधोग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) बिधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्ताव प्रस्तुत गर्ने भएका छन्।

साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य ब्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पति भएको भ्रष्टचार निवारण (पहिलो संसोधन) बिधेयक, २०७७ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा सो बिधेयक पारित गराउन प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।