आहारारा पोखरा गोल्डकपमा त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड भिड्दै

न्यूज समय

पोखरा । आहारारा पोखरा गोल्डकपको २४औं अन्तरगतको तेस्रो क्वाटरफाइनलमा आज साविक विजेता त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल पोखरा रंगशालमा दिउँसो २स्३० बजे सुरु हुनेछ । ए डिभिजन लिग विजेता चर्च ब्वाइजले पहिलो खेलमा एनआरटीलाई सडनडेथमा पराजित गर्दै क्वाटरफाइनलमा खेल्न लागेको हो ।

गत वर्षको विजेता आर्मी भने बाई पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो । यी दुई टोली लगातार दोस्रो वर्ष आहारारा पोखरा गोल्डकपमा खेल्न लागेका हुन् ।

गत वर्ष भएको २३औं संस्करणको सेमिफाइनलमा आर्मी र चर्च ब्वाइज भिडेका थिए जहाँ चर्च ब्वाइजलाई २-१ ले हराएर आर्मी फाइनल पुगेको थियो र फाइनलमा थ्रीस्टारलाई पराजित गर्दै च्याम्पियन बनेको थियो । यसपटक आर्मीमा राष्ट्रिय टिमका जिलेस्पी जंग कार्की, राष्ट्रिय टिमबाट खेलिसकेका गोलकिपर विकेश कुथुलगायत खेलाडी छन् ।