काठमाडौँ । आज सुनको मूल्य तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको छ । आइतबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको थियो ।
भन्सार दर घटेपछि पनि नेपाली बजारमा सुनको मूल्य फेरि नयाँ रेकर्ड नजिक पुगेको छ । जुन भन्सार दर घट्नुअघिको रेकर्ड मूल्य नजिक हो । यसअघि सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको थियो ।
भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएसँगै सुनको मूल्य पनि घटेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा मंसिर ९ मा सूचना प्रकाशित भएर निर्णय कार्यान्वयन भएसँगै मंसिर १० गते सुनको मूल्य ह्वात्तै घटेको थियो । यस्तै आइतबार १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर १ हजार ९७५ रुपैयाँ कायम भएको छ ।
न्यूज समय
२८ माघ, २०८१, सोमबार ००:००