रवि लामिछानेमाथि झुटो मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनताले बुझिसकेके : कार्यबहाक सभापति अर्याल

न्यूज समय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का कार्यबहाक सभापति डोलप्रसाद अर्यालले पार्टी सभापति रवि लामिछानेविरुद्धको सरकारको रवैयालाई संसदले पनि समर्थन गरेकोमा आपत्ति जनाउँदै सरकारले यस्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। शुक्रवारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो चेतावनी दिएका हुन्।

उनले सरकारले प्रतिशोध साँधेर पार्टी सभापति रवि लामिछानेमाथि रवैया देखाएको आरोप लगाए। उनले चौथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले चुकाउनुपर्ने चेतावनी दिए।

उनले झुटो मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनताले बुझिसकेका भन्दै सरकारको यस्तो रवैयालाई सार्वभौम संसदले समर्थन गर्न नहुने बताए । उनले थुनामा नरहेको अवस्थामा सांसद पद निलम्वन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पदको निलम्वन तत्काल फुकुवा गर्न समेत माग गरे ।