संसदमा दुईतिहाईको घमण्ड अनि शासन चाँही किन अध्यादेशबाट चलाउने खोजेको : अध्यक्ष दाहाल

न्यूज समय

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद्‍मा दुई तिहाइको बहुमतको घमण्ड गर्ने कांग्रेस एमालेको सरकारले सर्वभौम संसदको अपमान गर्दै अध्यादेशबाट शासन चलाउन खोजेको भन्दै प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले संसदको अधिवेशन बोलाउने बेलामा अध्यादेश ल्याइएको बताए । सरकारले संसद्लाई अपमान गर्ने र छल्ने बाटोमा लागेको बताएका छन् । विपक्षी दलहरूले सरकारसँग संसद् बैठक बोलाउन आग्रह गरे पनि बेवास्ता गरिएको उनले बताए ।

उनले पछिल्लो ३५ वर्षमा कांग्रेस र एमालेले नै सरकार चलाए पनि संसद् बैठकलाई ६ दिन नपर्खी अध्यादेश ल्याइएको कुन नियतका साथ ल्याइएको भनि प्रश्न गरे ।

अध्यक्ष दाहालले विकासका लागि अध्यादेशहरू ल्याइएको भए संसदीय समितिमा रहेका विधेयकमा खुला छलफल गर्न सरकार किन डरायो भनेर प्रश्न गरे । निश्चित स्वार्थ समूहरूलो पोस्न अध्यादेश ल्याइएको पनि अध्यक्ष दाहालले बताए ।