राष्ट्रिय योजना आयोगका पूर्व सदस्य सदस्य बुढाथोकीको निधन

न्यूज समय


काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. प्रभु बुढाथोकीको निधन भएको छ । नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले सामाजिक सञ्जाल एक्समा बुढाथोकीको निधन भएको उल्लेख गरेका छन् ।

रणनीतिक योजना तथा व्यवस्थापन तथा प्राकृतिक श्रोत व्यवस्थापनका विज्ञ बुढाथोकीले बेलायतको रिसोर्स गभर्नेसमा विद्यावारिधि गरेका थिए ।

त्रिभुवन विश्व विद्यालयबाट तथ्यांकशास्त्रमा स्नातक गरेका बुढाथोकीले भारत र बेलायतबाट छुट्टाछुट्टै विषयमा स्नातकोत्तर गरेका छन् । उनले दुई कार्यकाल योजना आयोगको सदस्यका रुपमा जिम्मेवारी निर्वाह गरेका थिए ।