सुष्मा वि.सी.को नयाँ मौलिक गीत जुनेली रातैमा सार्वजनिक

न्यूज समय

सुष्मा वि.सी.को नयाँ मौलिक गीत जुनेली रातैमा हालै सार्वजनिक भएको छ । प्रकाश दुरा र सुष्मा वि.सी कै आवाजमा रहेको गीतको शव्द र संगीत प्रकाश दुराले गरेका छन् ।

माया बसे पनि छुट्टिएर बस्दाको पिडा र भावलाई समेटेर मलाई पनि संगै लैजाउ भन्ने थिममा तयार पारिएको गीत अत्यन्त राम्रो बनेको निर्माण पक्षको दावि छ ।

गीतमा प्रकाश दुरा वविन सिंह ठकुरी, संचिता बुलाखे, चित्रा पुन, सुष्मा वि.सी.लगाएतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाश दुराकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियो समिर रामदन टिमले खिचेको हो, भने अमर सुनारले कोरियोग्राफ तथा डाईरेक्सन गरेका छन् ।