पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा एमालेलाई अविश्वास गर्नुपर्ने कारण नरहेको बताएका छन् । पोखरामा जारी ७७ जिल्लाकै सभापति र प्रशिक्षण विभागका प्रमुखहरूको अभिमुखीकरण कार्यक्रममा देउवाले दुवै दल प्रजातन्त्र र लोकतन्त्रका लागि लडेकाले विश्वासका साथ चल्नुपर्ने बताए ।
उनले अहिलेको गठबन्धन सरकार स्थायित्वका लागि भएको पनि दाबी गरे । सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दै भने–“वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा बसेको साथी हौँ । धेरै दुस्ख, कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो । झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखियो । हामी मुख्य प्रतिस्पर्धी हौँ, तर पनि केपी ओलीलाई अविश्वास गर्नुपर्ने कुरा छैन ।’
उनले संविधानको यही व्यवस्थामा कांग्रेस एक्लैले बहुमत ल्याउन सक्ने पनि दाबी गरे ।
न्यूज समय
२२ माघ, २०८१, मंगलबार ००:००