काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत कर लगाउने प्रस्तावलाई एक महिनाका लागि स्थगित गरेका छन् ।
बिबिसीका अनुसार मेक्सिको र क्यानडाले सीमा सुरक्षा सुधार गर्न र लागूपदार्थको तस्करीलाई रोक्न विभिन्न उपाय अपनाउन सहमति जनाएपछि कर लगाउने प्रस्तावलाई एक महिनापछि धकेलिएको हो ।
मेक्सिको अवैध औषधिको ओसारपसार रोक्न सीमामा दश हजार सैनिक खटाउन तयार भएको छ भने क्यानडाले लागूऔषधको समस्यालाई सम्बोधन गर्न एक जना वरिष्ठ सार्वजनिक अधिकारी नियुक्त गर्ने बताएको छ ।
न्यूज समय
२२ माघ, २०८१, मंगलबार ००:००