काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले राजनीतिमा विभिन्न चरित्रहरू भित्रिएकाले आम नागरिकले सहि र गलत पात्र छुट्याउनुपर्ने बताएका छन् ।
शनिवार विश्व निकेतन माविको ७९ ओै वार्षिक साधारणसभामा बोल्दै उनले समाज परिवर्तनका लागि सबैभन्दा उपयुक्त माध्यम राजनीति भएकाले आफूहरूले समाजसेवाका रूपमा राजनीतिलाई लिएको स्पष्ट पारे । उनले राजनीतिमा लाग्ने सबै खराब छन् भन्न भाष्य गलत भएको बताउर्दै अहिले विदेशमा बदमासी गरेर आएकाहरु, चटेक प्रवृत्ति पनि राजनीतिमा देखिएको भन्दै सही र गलत भने नागरिकले छुट्याउनसक्नुपर्ने बताए ।
उनले भने–‘लहैलहैमा लाग्यौं भने कहाँ पुगिन्छ भन्ने कुरामा पनि ध्यान दिन जरूरी छ । जनप्रतिनिधि ठिक भएमात्रै प्राप्त उपलब्धिको रक्षा गर्दै विकासको काम अघि बढ्न सक्छ । यहाँ अनेकौँ मान्छेहरू आउँछन् । चटकेहरु पनि आउँछन् । विदेशमा गएर ठूलोठूलो काण्ड गरेर नेपाल फर्किएर अनि ठुलो नेता बन्नका लागि मान्छेहरू नआएका होइनन् । आइराख्छन् । तपाईँहरू छान्ने काममा चुक्नुभयो भने हामीले प्राप्त गरेका अधिकारहरू सुरक्षित र संवर्द्धन गरेर त्यसको आधारमा लैजानुपर्छ । त्यसका लागि जनताले छानेको प्रतिनिधि हुनुपर्छ ।’
उनले असल विद्यार्थी उत्पादन गर्न सके मात्रै समाज राम्रो हुने बताए ।
न्यूज समय
१९ माघ, २०८१, शनिबार ००:००