युवासंघको जिल्ला अधिवेशनलाई शुभकामना दिएर ओर्लदै गर्दा वडा अध्यक्षको मृत्यु

न्यूज समय


नवलपरासी । राष्ट्रिय युवा सङ्घको जिल्ला अधिवेशनलाई सम्बोधन गरेर मञ्चबाट ओर्लनसाथ कावासोती नगरपालिका–१ का अध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ।

मियाँ शनिवार राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिर्दै गर्दा लडेका थिए। उनलाई तत्काल चितवन मेडिकल कलेज लगिएकामा चिकित्सकले मृत घोषित गरेकाृ युवासंघले जनाएको छ ।

३७ वर्षका उनकी श्रीमती, तीन छोरी र एक छोरा छन्। राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरका सहसचिवसमेत रहेका उनी स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट निर्वाचित भएका थिए।