संविधान संशोधन अपरिहार्य बनेकाले संविधान संशोधन विधेयक यहि सरकारले ल्याउछ : प्रधानमन्त्री

न्यूज समय


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन अपरिहार्य बनेकाले संविधान संशोधन विधेयक यही सरकारले ल्याउने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने र, पहिचान गरिएका विषयहरूमाथि संसदमा प्रतिनिधित्व गर्ने वा बाहिर रहेका दलहरू र सरोकारवालाहरूसँग छलफल गरिने बताए ।

उनले प्रधानमन्त्रीले मिलेका कुरामा साझा धारणा बनाइने छ, नमिलेका कुरामा बहस र छलफल गरिने स्पष्ट पारे । प्रधानमन्त्रीले संविधान संशोधनको कुरा गर्दा सुरुमा विरोध गर्ने दलहरूभित्रै अहिले संविधान संशोधनका विषयमा छलफल भइरहेको सुनेर खुसी लागेको बताए ।

सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने प्रधानमन्त्रीको भनाई थियो । उनले सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संसोधनका विषय पहिचानका लागि विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको र सँगै सरकारपक्षीय दलहरुसँगको छलफल गर्ने पनि जानकारी गराए ।