काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने सांसद पद निलम्बन फुकुवाको निवेदन लिएर सभामुख देवराज घिमिरेलाई भेट्न संसद सचिवालय पुगेका छन्।
उनले सभामुख घिमिरेलाई भेटेर निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गर्नेभएका हुन् ।
सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि रवि गत पुग ८ गते सांसद पदबाट निलम्बन भएका थिए। तर, रास्वपाले भने रविको निलम्बन कानूनसम्मत नभएको बताउँदै आएको छ।
सिंहदरबार जान लागेका रविले आफ्नो दलका सांसदलाई पनि भेटेर पछिल्लो अवस्था र सदनमा खेल्ने भूमिकाबारे ब्रिफिङ गर्ने भएका छन्।
न्यूज समय
१८ माघ, २०८१, शुक्रबार ००:००