अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने हदसम्मा विधेयक ठाडै अस्वीकार्य हुन्छ : महामन्त्री शर्मा

न्यूज समय


काठमाडौं । । सरकारले ल्याएको सामाजिक सञ्जाल प्रयोग सम्बन्धी बिधेयकका बिषयमा चौतर्फी प्रश्न उठेपछि प्रतिनिधि सभा सदस्य समेत रहेका नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले असहमित जनाएका छन् ।

उनले सामाजिक संजाल एक्समा प्रवक्ता हुँदा बोकेको दृष्टि महामन्त्री हुँदा बदलिँदैन भन्दै सामाजिक सञ्जाल मर्यादित बनाउन सर्वपक्षिय संवाद जरुरी रहेको उल्लेख गरेका छन् ।

यस अघि २०७७ फागुन ३ गते प्रवक्ताको हैसियतमा बिश्वप्रकाश शर्माले जारी गरेको बिज्ञप्ति यतिबेला सामाजिक सञ्जालमा भाइरल भएपछि तत्कालीन प्रवक्ता हालका महामन्त्री बिश्वप्रकाश शर्माले मुख खोलेका हुन् । 

महामन्त्री शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने हदसम्मा विधेयक ठाडै अस्वीकार्य हुने लेखेका छन् ।।