काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को संसदीय दलको बैठक आज बस्दैछ ।
बैठकमा यहि माघ १८ गते शुरु हुने संसदको हिउँदे अधिवेसनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्नका लागि बस्न लागको बैठक बिहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा बस्नेछ । अन्य समसमायिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।
सहकारी ठगी प्रकरणमा मुद्दा खेपिरहेका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेको सांसद पद निलम्बनमा परेपछि उपनेता विराजभक्त श्रेष्ठले संसदीय दलको बैठक बोलाएका हुन्।
न्यूज समय
१६ माघ, २०८१, बुधबार ००:००