गृहमन्त्री लेखकसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

न्यूज समय


काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले मंगलबार शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य, दुवै देशका सीमा सुरक्षाबल बिचको सम्वन्ध र सहकार्य, लागूऔषध ओसार पसार तथा दुव्र्यसन नियन्त्रण लगायतका विषयमा छलफल भएको गृहमन्त्रीको निजी स्चिवालयले जनाएको छ ।

साथै कञ्चपुरको दोधारा चादँनीमा एकीकृत भन्सार जाँच चौकी (आईसिपी) निर्माण र सुरक्षा सम्वन्धी समझदारीका सम्वन्धमा समेत छलफल भएको सचिवालयले जनाएको छ ।