काठमाडौ । नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले
गर्न लागेको नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलनको तयारी पूरा भएको छ ।
विभाग प्रमुख उर्मिला थपलियाले पत्रकार सम्मेलन गरी उद्यमशीलता मार्फत मुलुकको आर्थिक रुपान्तरणमा योगदान पु¥याउने उद्देश्यले १६ र १७ माघमा सम्मेलन आयोजना जानकारी दिईन ।
सम्मेलन कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजना हुनेछ । सम्मेलनको औपचारिक उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने छन् ।
विभागका सदस्यसचिव खगेन्द्र आचार्यका अनुसार सम्मेलनमा ८० भन्दा बढी स्टार्टअपहरूको प्रदर्शनी हुनेछ भने ६ हजार बढी युवा उद्यमीहरू, नीति निर्माता, उद्योगपति, लगानीकर्ता, तथा प्राविधिकहरु तथा विज्ञहरुको सहभागिता रहेनछ ।
सम्मेलनमा विषयगत सत्रमा छलफल, नवप्रवर्तन र उद्यमशीलता, कृषि उद्यमशीलता, सूचना प्रविधि विकास, महिला उद्यमशीलता र प्रेरणादायी उद्यमशीलता यात्राबारे विशेष छलफल हुनेछ । सम्मेलनले नयाँ व्यवसायिक सम्भावनाहरू पत्ता लगाउन सहयोग गर्ने, व्यवसायिक नीति सुधार र लगानीको वातावरणका लागि सहयोगी हुने कांग्रेसको विश्वास छ ।
न्यूज समय
१३ माघ, २०८१, आईतबार ००:००