कांग्रेस संसदीय दलकाे बैठक आईतबार २ वजे

न्यूज समय

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक डाकेको छ । आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बैठक बस्नेछ ।

प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिक लगायतका विषयमा छलफल हुने छ ।

संसद बैठक १८ माघमा बस्ने गरी बोलाइएको छ ।