काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अघि बढाउनका लागि संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । बिहीबार धादिङ लोकसांस्कृतिक महोत्सवको उदघाटन गर्दै उनले समाजलाई अघि बढाउन संस्कृतिले धेरै ठुलो भूमिका निर्वाह गरिरहेको बताए ।
सिंहले आफ्नो पहिचानलाई बचाइराख्न पनि साँस्कृतिक महोत्सवहरू मनाइरहनुपर्ने उल्लेख गरे । उनले भाषा, सँस्कृति विर्सिए पहिचान मेटिने भन्दै आफ्नो संस्कृति, भेषभूषा, कलासँस्कृतिलाई जिवन्त राख्नुपर्नेमा जोड दिए ।
उपप्रधानमन्त्री सिंहले लोकतान्त्रिक व्यवस्था आइसकेपछि सबैले आफ्नो कला, धर्म,सँस्कृति जगेर्ना गर्न राम्रो वातावरण बनेको पनि बताए । लोक सँस्कृति जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरेकोमा उनले प्रशंसा पनि गरे । उपप्रधानमन्त्री सिंहले धादिङ जिल्लाको पूर्वाधार विकासमा संङ, प्रदेश र स्थानीय तीनै तहको सरकारले मिलेर काम गर्ने बताए ।
न्यूज समय
१० माघ, २०८१, बिहीबार ००:००