पिएसजीसंग म्यान्चेस्टर सिटीकाे लज्जास्पद हार

न्यूज समय

काठमाडौं । घरेलु टोली पेरिस सेन्ट जर्मन ९पिएसी० ले युइएफए च्याम्पियन्स लिगमा गएराति म्याचेस्टर सिटीविरुद्ध ४–२ को पुनरागमन जित निकालेको छ।

जितसँगै सात खेलबा १० अंक जोडेको पिएसजी २२औं स्थानमा छ। पराजित सिटी समान खेलबाट आठ अंकका सात २५औं स्थानमा छ।

पार्क डेस प्रिन्सेसमा पिएसजीलाई जित दिलाउ ओस्माने डेम्बेले, ब्राडली बार्कोला, जाआओ नेभेस र गोन्कालो रोमोसले गोल गरे। सिटीका लागि ज्याक ग्रेलिस र एर्लिन हालान्डले गोल गरे।

खेलको ५०औं मिनेटमा ग्रेलिसको गोलमार्फत सिटीले अग्रता लिएको थियो। तीन मिनेटपछि नै हाल्यान्डले टोलीको अग्रता दोब्बर बनाए। तर सिटीले त्यो अग्रतालाई लामो समयसम्म टिकाउन भने सकेन।

डेम्बेलेले पिएसजीका लागि पहिलो गोल फर्काए। चार मिनेटपछि नै बार्कोलाले गोल गर्दा पिएसजी २–२ को बराबरीमा आयो।