सन्दीप लामिछानेमाथि क्यानले गर्यो कारवाही, देशभित्र कुनै पनि एक खेल खेल्न नदिने निर्णय

न्यूज समय

काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वकप्तान तथा स्पीनर सन्दीप लामिछानेमाथि कारबाही गरेको छ । लामिछानेलाई क्यान अनुशासनको कारवाही गरिएको क्यानले जनाएको छ ।

जय ट्रफी प्रतियोगिताका क्रममा सामाजिक सञ्जालबाटै अम्पाएरको निर्णयमाथि प्रश्न उठाएपछि क्यानले उनीमाथि कारबाही गरेको हो ।

क्यानका प्रवक्ता छुम्बी लामाले क्यानले देशभित्र आयोजना गर्ने कुनै पनि एक खेल सन्दीपलाई खेल्न नदिने निर्णय भएको जानकारी दिए । उनका अनुसार क्यानको आचारसंहिताको २.७ को व्यवस्था उल्लंघन गरेको विषयमा सन्दीपमाथि एक घरेलु खेलको प्रतिबन्ध लगेको हो ।

सन्दीपलाई कारबाही गनुअघि क्यानले उनीसँग स्पष्टीकरण सोधेको थियो । क्यानले स्पष्टीकरण सोधेको विषयमा सन्दीपले असन्तुष्टि व्यक्त गरेको जनाइएको छ । क्यानले कारबाही गर्ने जानकारी पाएपछि सन्दीपले इमोसनल ब्ल्याकमेलिङ गर्न अर्को स्टाटस लेखेका थिए ।

उनले आफूलाई माया गर्ने नेपाली क्रिकेट समर्थकलाई धन्यावाद भन्दै स्टाटस लेखेका थिए । पहिला सामाजिक सञ्जालमै लेखेको स्टाटसका कारण कारबाहीमा पर्ने भएपछि उनले अर्को स्टाटस लेखेका थिए ।