काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले देशलाई स्थिरता र विकास दिनका लागि नेपाली कांग्रेस र एमाले मिलेर अहिलेको सरकार बनेको बताएका छन् ।
मंगलबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले दुई ठूला दल मिलेर बनेको सरकारले देशमा राजनीतिक स्थिरतासँगै विकास निर्माणमा जोड दिने विश्वास व्यक्त गरे ।
डा कोइरालाले दुई ठूला दलको नेतृत्वमा बनेको सरकारले राजनीतिक स्थायित्वसँगै विकास निर्माणका लागि काम गर्नुपर्ने बताए ।
उनले संविधान संशोधनका लागि सबै दलसँग सहकार्य गर्दै अघि बढ्न कांग्रेस तयार रहेको उल्लेख गर्दै विपक्षी दलहरूसँग समेत छलफल भइरहेको बताए । संविधान संसोधन कुन कुने बुँदामा गर्ने हो स्पष्ट हुनुपर्ने उनको भनाइ थियो ।
न्यूज समय
८ माघ, २०८१, मंगलबार ००:००