आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित, सुपर सिक्समा पुग्ने अवसर पनि गुम्यो

न्यूज समय

काठमाडौंँ । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । यससँगै नेपालले सुपर सिक्समा पुग्ने अवसर गुमाएको छ ।

अघिल्लो खेलमा नेपाल बंगलादेशसँग पनि पराजित भएको थियो ।

बांगीस्थित युएसडी–युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो । ७४ रनको विजय लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालले पहिलो ब्याटिङ गर्दै ७३ रनमै अलआउट भएको थियो । कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाइन् ।