बहस नसकिएपछि पूर्व डिआईजी जाेशीलाई हिरासत पठाईयाे

न्यूज समय

काठमाडौ । थुनछेक बहस नसकिएपछि नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई हिरासतमा फर्काइएको छ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दामा आइतबार थुनछेक बहस नसकिएपछि जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई हिसासतमा पठाएको हो ।

बयान सकिएर आजै सरकारी वकिलको बहस पनि सकिएको थियो तर उनको तर्फबाट पनि बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। अब सोमबार बहस सकिएपछि थुनछेक आदेश हुने अदालतले जानकारी दिएको छ।