रवि लामिछानेसहित थप १४ जनालाई सुप्रिम सहकारीको रकम ठगीमा मुद्दा दायर

न्यूज समय


रुपन्देही । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित थप १४ जनालाई बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतमा मुद्दा दायर गरेको छ । जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो ।

सरकारी वकिल कार्यालयकी सूचना अधिकारी उमाकुमारी केसीले मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको बताइन् ।

उनले भनिन् –‘संगठित रुपमा ठगीको कसुरमा मुद्दा दायर भएको छ । थप १४ सहित ४२ जना प्रतिवादी भए ।’ लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।