कांग्रेसद्धारा उद्धव थापामाथि भएको आक्रमणको निन्दा

न्यूज समय

काठमाडौं । नेपाली कांग्रेसले पूर्व मुख्ष्मन्त्री एवम् नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापामाथि शनिबारको भएको आक्रमणको निन्दा गरेको छ ।

कोशी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता समेत रहेका उनलाई केही व्यक्तिले शनिबार झापामा आक्रमण गरेका थिए ।

कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कदै गर्दा कन्काई नगरपालिकाको सुरुङ्गा नजिक उनीमाथि आक्रमण भएको उल्लेख छ ।

उनको निधारमा चोट लागेको छ । कांग्रेसले थापाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानुनी कारबाहीको माग सरकारसँग गरेको छ ।