काठमाडौँ । प्रथम राष्ट्रपति डा. रामवरण यादवले योग साधनाले पूर्वीय सभ्यतालाई उजागर गरेको र यसले स्वास्थ्यका लागि सकारात्मक प्रभाव पार्ने भएकाले नियमित योग गर्नाले शरीर र दिमागलाई सन्तुलित बनाउन सहयोग गर्ने बताएका छन् ।
ललितपुर महानगरपालिका वडा न–१६ तथा पतञ्जलि योग समिति बागमती प्रदेशको संयुक्त रूपमा आयोजनामा सुरु भएको योग उत्सव समारोहमा यादवले सो कुरा बताएका हुन् ।
डा. यादवले योग साधनको महत्त्व, गरिमा र अभ्यासका बारेमा प्रचारप्रसारलाई व्यापक बनाउन आवश्यक रहेको बताए। स्वास्थ्य जीवनविना देश अगाडि बढ्न नसक्ने भएकाले योगको निकै महत्त्व रहेको उनले बताए ।
ललितपुर महानगर बडा नंवर १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले योग अभ्यास पनि जीवनको महत्त्वपूर्ण विषय भएकाले पतञ्जलि योग समितिसँग मिलेर कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।
न्यूज समय
५ माघ, २०८१, शनिबार ००:००