पार्टी बैठकमा कृषि मन्त्रीले सुनाए ६ महिनाका ३ उपलब्धि, मल आयतमा रकम अभाव भएको गुनासो

न्यूज समय

काठमाडौं । नेपाली कांग्रेस केपी ओली नेतृत्वको सरकारको ६ महिनाका उपलब्धिको समिक्षा सुरु गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पार्टीका पदाधिकारी संसदीय दलको कार्यसमितिसहित मन्त्रीसंग छलफल गरिरहेको छ । पार्टीको बैठकमा कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले छ महिने कार्यकालमा आफूले गरेका सुधार गरेको ४ कामलाई प्रथाकिमताका साथ सुनाएका छन् ।

मन्त्री अधिकारीले दूध विक्री वापत बक्यौता रहेको किसानको रकम उपलब्ध गराएको विषयलाई प्रमुखताका साथ उठाएका थिए । आफुले मन्त्रालय सम्हाल्दा एक वर्षको रकम दूध किसानलाई पैसा तिर्नु भएको र अहिले चार महिनामा झरेको बताएका छन् । उनले दुई अर्ब रुपैयाँ किसानलाई तिर्नुपर्नेमा एक अर्ब ५३ करोड रुपैयाँ भुक्तानी गरेको र बाँकीको लागि व्यवस्थापन मिलाउँदै गरेको बताएका थिए ।

मन्त्री अधिकारीले त्यस्तै दोश्रो उखु किसानलाई रकम उपलब्ध गराएको कामलाई उपलब्धीका भएको रुपमा बैठकमा राखेका थिए । त्यसैगरी किसानले उत्पादन गरेको महलाई बिक्री गर्ने वातावरण गराएको कामलाई तेस्रो उपलब्धिका रुपमा राखेका थिए ।

उनले किसानलाई समयमा मल उपलब्ध गराउनका लागि वजेट अभाव भएको गुनासो गरेका थिए । उनले अहिले विनियोतित रकमले किसानलाई आवश्यक पर्ने रासायनिक मल आयात गर्न नसकिने पार्टी बैठकमा बताएका छन् । उनले अहिलेको वजेटले साढे पाँच लाख मेट्रिक टन आयात गर्न सकिने तर किसानको माग ११ लाख मेट्रिक टन भएको भन्दै गुनासो गरेका थिए । उनले सरकारले रकम विनियोजन गर्दा २७ अर्ब ९५ करोड मात्रै छुट्याएको तर किसानले चाहेजति रासायनिक मल उपलब्ध गराउन लगभग ६० अर्ब रुपैयाँ चाहिने बताए ।