बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार

न्यूज समय

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि बिहीबार बिहान साढे २ बजे उनको घरमा पसेको अज्ञात व्यक्तिले चक्कु प्रहार गरेको छ । उनको गाला, पिठ्यूँ, हात र टाउकोमा चक्कु प्रहार गरेको भारतीय संचारमाध्यामहरुले जनाएका छन् ।

उपचारका लागि सैफलाई लिलावती अस्पतालमा लगिएको र त्यहाँ उनको शल्यक्रिया गरिएको छ ।


लीलावती अस्पतालका सीओओ डा नीरज उत्तमानीका अनुसार उनलाई ६ ठाँउमा चक्कु प्रहार गरिएको छ । तीमध्ये दुईवटा घाउ गहिरो छन् । मेरुदण्ड नजिकै समेत घाउ रहेको उनले बताएका छन् । यद्यपि, उनको स्वास्थ्य अवस्था भने स्थिर रहेको जनाइएको छ । सैफमाथि भएको घटनालाई लिएर प्रहरीले छानबिन सुरु गरिसकेको छ ।