कांग्रेस नेता डा शेखर र अनमिनका नेपाल प्रमुख ईयान मार्टिनसँग लण्डनमा भेटघाट

न्यूज समय

काठमाडौं । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेपालको शान्ति प्रक्रियामा निकै महत्त्वपूर्ण भमिका खेलेको अनमिनका नेपाल प्रमुख ईयान मार्टिनसँग लण्डनमा भेटघाट भएको छ ।

कोइरालाको स्वकिय सचिव दिनेश थपलियाका अनुसार भेटघाटका क्रममा मार्टिनले अहिले पनि नेपालको शान्ति प्रक्रिया अझै नटुङ्गिएकोले जतिसक्दो छिटो यसलाई टुङ्गयाउन सुझाव दिएका थिए । कोइरालासँगको भेटमा उनले यस्ता कुरालाई लामो समयसम्म राख्न नहुने बताए ।

तत्कालीन समयमा बिद्रोहमा रहेको दल समेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकोले संक्रमणकालीन न्यायलाई टुङ्गयाउनु पर्ने उनकोे जोड थियो ।