काडाँघारीबाट २०० किलो रक्तचन्दनसहित दुई जना पक्राउ

न्यूज समय

काठमाडौं । प्रहरीले काठमाडौंको काडाँघारीबाट रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रक्तचन्दन तस्करीमा संलग्न रहको आरोपमा सिन्धुपाल्चोकका दुई जनालाई पक्राउ गरेको हो ।

बुधबार बिहानै प्रहरीले बोरामा प्याक गरेर ल्याइएको रक्तचन्दन बरामद गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार, बरामद गरिएको रक्तचन्दनको तौल २०० किलोभन्दा धेरै छ । लामो समय रक्तचन्दनको तस्करी रोकिएको थियो ।